दुई सचिवको सरुवा, शहरी विकासमा मणिराम गेलाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई सचिवको सरुवा, शहरी विकासमा मणिराम गेलाल


२३ माघ २०८०, मंगलबार


काठमाडौँ । शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । गेलालले आज पत्र बुझेका छन् ।

यससँगै सहरी विकास मन्त्रालयका सचिव सरजु कुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । त्यसो त असोज दोस्रो साता नै गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गर्ने भनिएको थियो । तर पछि सच्याइएको थियो ।

सम्बन्धित समाचार : शहरी सचिवमा मणिराम गेलाल

सिनियर सचिव गेलाल शहरीबारे जानकार सचिवका रुपमा चिनिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस