महोत्तरी पुगेर ओलीले भने-‘सरकार ढाल्नेतिर लाग्दैनौँ, ०८४ मा बहुमत ल्याउँछौँ’   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महोत्तरी पुगेर ओलीले भने-‘सरकार ढाल्नेतिर लाग्दैनौँ, ०८४ मा बहुमत ल्याउँछौँ’  


२२ माघ २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।

सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने उद्देश्यका साथ अघि बढेको बताए ।

‘यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिसन २०८४ भनेका छौँ । दिगो ढंगले हामी राजनीति गर्न चाहन्छौँ । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौँ । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौँ’ उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले जनताका लागि केही गर्न नसकेको बताए । ‘यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन । अनि, छिमेकीहरू, मित्रहरूसँग भेट्दा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहुराएर हात मोलेर बस्ने यस्तो खालको गठबन्धन’, उनले भने ।

सत्ता गठबन्धनभित्रका दलको आफ्नै स्वार्थ बाझिन थालेकाले यो कति दिन चल्छ भन्ने प्रश्न उठेको पनि ओलीले बताए । उनले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माण ठप्प भएको पनि टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस