कोशी प्रदेशले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दर्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कोशी प्रदेशले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दर्ता


२२ माघ २०८०, सोमबार


काठमाडौँ । कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरूलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता गरेका हुन् । उनीहरूले संविधान विपरीत जारी भएको अध्यादेश खारेजीको माग गरेका छन् ।

कोशी सरकारले हालै प्रदेशसभाका पदाधिकारीहरूको संख्या थप गर्ने गरी केही प्रदेश ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याएको छ । उक्त अध्यादेशमार्फत ऐन संशोधन गरी सत्तारुढ सबै दलका संसदीय दलका नेता र विपक्षमा रहेका दलको संसदीय दलका नेतालाई पनि प्रदेश सभाको पदाधिकारी किटान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस