सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्न ७ सदस्य मनोनयन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्न ७ सदस्य मनोनयन


२२ माघ २०८०, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गरेका छन् ।

आज सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेका हुन् ।

सभामुखमा सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ, रामकृष्ण यादवलाई मनोनयन गरेको सभामुख घिमिरेले बताए ।

हिउँदे अधिवेशन सुरु भएलगत्तै सभामुखले माघ २४ गते बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस