रित नपुगेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा डिआइजी चन्दको राजीनामा फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रित नपुगेको भन्दै प्रहरी प्रधान कार्यालयद्वारा डिआइजी चन्दको राजीनामा फिर्ता


२२ माघ २०८०, सोमबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दको राजीनामा फिर्ता गरिदिएको छ ।

डिआइजी चन्दले प्रहरी हेड क्वाटरमा बुझाएको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै फिर्ता गरेको उच्च अधिकारीले प्रशासनलाई जानकारी दिए । चन्दले व्यक्तिगत कारण जनाउँदै राजीनामा दिएका बताएका थिए ।

सम्बन्धित समाचार : विमानस्थलका डीआईजी अर्जुन चन्दद्वारा राजीनामा

‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा पुगेको थियो । उनको राजीनामाबारे अनेकन अड्कल काटिँदै आएका छन् । पछिल्लो समय प्रहरी अध्यागमनका कर्मचारीको विवाददेखि कुटपिटसम्मै भएको घटना यति बेला चर्चामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस