७३ बोरा गाँजासहित तीन जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

७३ बोरा गाँजासहित तीन जना पक्राउ


२२ माघ २०८०, सोमबार


पक्राउ

काठमाडौँ । प्रहरीले काभ्रेको पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर पाँच आइटी पार्कमा जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा गाडी चालक नुवाकोटको विदुर नगरपालिका–११ घर भई अहिले काठमाडौँको बालाजु बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछापका २० वर्षका सञ्जीव तामाङ र ५३ वर्षीया विमला तामाङ रहेका छन् ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस