बार र सर्वोच्च बार एसोसिएशनले पठायो दुई जना एमिकस क्युरीको नाम सर्वोच्चमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बार र सर्वोच्च बार एसोसिएशनले पठायो दुई जना एमिकस क्युरीको नाम सर्वोच्चमा


२२ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएशनले नेपाल भारत दीर्घकालीन ऊर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि दुई जना एमिकस क्युरी (अदालतको सहयोगी) पठाएका छन् ।

नेपाल बार एसोसिएसनले केदार कार्की र सर्वोच्च अदालत बार एसोसिएसनले सेमन्त दाहाललाई एमिकस क्युरीको रूपमा पठाएको हो । उनीहरूले सुनुवाईका दिन व्यापार सम्झौताको संवैधानिक अवस्थाका बारेमा आफ्नो राय दिनेछन् ।

सम्झौता नेपालको हित प्रतिकुल रहेको दाबीसहित अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

१६ माघमा न्यायाधीश नहकुल सुवेदीको इजलासले दुवै पक्षलाई अन्तरिम आदेश छलफलका लागि झिकाउनुका साथै एमिकस क्युरी पठाउन नेपाल बार र सर्वोच्च बारको नाममा आदेश जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस