‘रगत लतपतिएको हातसँग कसरी हात मिलाउने ?’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘रगत लतपतिएको हातसँग कसरी हात मिलाउने ?’


२२ माघ २०८०, सोमबार


काठमाडौँ । समुदायमा काँग्रेस अभियानका लागि झापा पुगेका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरूले गुनासो गरेको छन् ।

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण काँग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी बिचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिँड्न नसक्ने चेतावनी दिए।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिँड्ने ? काँग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?’ सहभागीहरुलेले प्रश्न गरेका हुन् ।

सहभागीहरूले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरू राखेका थिए। भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनीहरूले नेताहरूलाई सुझाव दिए।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस