मुगुको खत्याडमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुगुको खत्याडमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु


२२ माघ २०८०, सोमबार


मुगु । मुगुको खत्याड गाउँपालिकामा एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

खत्याड गाउँपालिका २ गाडेखोला बस्ने लाले सन्ज्यालको घरमा सोमबार बिहान एक बजेतिर भएको आगलागीमा परी उनका १४ वर्षीय छोरा विशाल र १२ बर्षीया छोरी झरनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

मृतकद्वयलाई आमा सरस्वतीले सँगै लिएर आइतबार राति सुतेकी थिइन । सरस्वती आगोबाट बच्न सफल भएपनि उनी बेहोस छिन,दुई छोराछोरी आगोको लपेटमा परेर ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार एक हल गोरु र दुई ओटा गाई पनि मरेका छन् ।

आगलागीको सूचना पाएपछि जिल्ला प्रहरी मुगु, श्रीकोटबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि सोमबार बिहान मात्रै आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

कच्ची घरमा काठ थुपारेर राखेकोले आगो नियन्त्रण लिन कठिनाई भएको स्थानीयले बताएका छन् । सरस्वतीका श्रीमान् लाले रोजगारीको सिलसिलामा भारतमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस