२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रेडरिक्टन सहर र सेन्ट जोन नदी  

अ+ अ-

अगस्त १, २०२३ मा क्यानडा प्रवेश गरेपछि मेरो पहिलो यात्रा भनेकै फ्रेडरिक्टन सहरको लामो काठे पुलमा (अगस्त २, २०२३ )मा पुगेको थिएँ । संसारको सबैभन्दा लामो हिँड्ने काठे पुलको रूपमा चित्रित उक्त पुल १६९२ मै निर्माण भएको रहेछ । समुन्द्र जस्तो देखिने उक्त पुल मुनिको नदीलाई सेन्ट जोन नदी भन्दा रहेछन् ।  फ्रेडरिक्टन क्यानडाको नयाँ ब्रन्सविक प्रान्तको राजधानी सहर पनि हो । सेन्ट जोन नदी यस प्रान्तको पश्चिम-मध्य भागमा रहेको छ ।

यस नदीलाई वेलास्टोकको नामले पनि स्थानीयहरूले बुझ्ने गर्दछन् । यो नदी पश्चिमबाट पूर्वतिर बग्दछ । यो नदी यस क्षेत्रको प्राकृतिक विशेषताको रुपमासमेत रहेको छ । गर्मी सिजन भएकोले होला, रातको ९ बजेसम्म पनि घाम लाग्दो रहेछ । त्यसैले पनि साँझको समयमा उक्त पुलमा घुम्न जानेहरू अलि बाक्लै देखिन्थे ।

६७३ किलोमिटर लामो उक्त नदी अमेरिकाको मेनबाट बग्दै आएर क्यानडाको न्यु ब्रन्सविक हुँदै क्यानडामा बग्ने हो र उक्त नदी फण्डीको खाडीमा गएर मिसिँदो रहेछ । पूर्वी क्यानडाको सबैभन्दा लामो उक्त नदीको ड्रेनेज बेसिन तह ५५००० किलोमिटरमा सबै भन्दा ठुलो भन्दा एक हो भन्दा रहेछन् । 

माक्टाक्वाक भन्ने स्थानमा बाँध बाँधी ६७० मेगावाट बिद्युत् निकाल्न सफल यस प्रान्तको जम्मा २० प्रतिशत ऊर्जा मात्र यो नदीबाट यस प्रदेशलाई आपूर्ति हुँदो रहेछ, जबकि हाम्रो मुलुकभरिकै ऊर्जा खपत ३००० मेगावाट पनि छैन । यसरी हेर्दा पनि उक्त प्रान्तको ऊर्जा खपत झण्डै ३५०० मेघावाट रहेको देखिन्छ । सेन्ट जोन नदीमा स्टिम बोट पनि चलाउँदा रहेछन् । अलि सम्पन्न व्यक्तिहरू स्टिमबाटै झण्डै १०० कि.मी. टाढासम्म सेन्ट जोन सहर सम्म पुग्दा रहेछन् । 

संसारको सबै भन्दा लामो हिडने काठको पुल नदी किनारमा हिंडने बाटो सन् २०२१ को जनगणना अनुसार यो सहरको जनसंख्या ६३,११६ छ जबकि यो प्रान्तको मङक्टन र सेन्ट जोन भन्दा तेस्रो ठुलो सहरको रूपमा रहेको छ । सेन्ट जोन नदीको कारणले पनि यो शहरमा पानी प्रशस्त भएको रहेछ । यो शहरमा साइकल लेन, बस सेवा, सञ्चालनमा छन् भने १६६० देखी नै यहाँ रेलसेवा बन्द गरिएको रहेछ । फेरी २०१३ अप्रिल देखी केही ठाउँमा रेल सेवा पनि सञ्चालन गरिएको रहेछ । 

यो सहरबाट केही अन्तराष्ट्रिय उडान पनि हुँदो रहेछ । खास गरी यहाँ बसोबासको लागी योग्य भएर नै होला, क्यानडाको शिक्षा हासिल गरे पछि यस क्षेत्रमा बसोबासको लागी स्थान छनोट गर्दा रहेछन् । यहाँ ८० प्रतिशत नागरिकको मातृभाषा अंग्रेजी नै रहेछ भने ६ प्रतिशतले फ्रेन्च भाषा बोल्दा रहेछन् । सायद, त्यसैले पनि हाम्रा छोरी ज्वाइँले सो स्थानलाई बासस्थान रोजेका । उत्तर अमेरिकामा सबैभन्दा पुरानो विश्व विद्यालयको रूपमा युनिभर्सिटी अफ न्यु ब्रन्सवीक रहेछ । १७८५ मा स्थापना भएको उक्त विश्व विद्यालयमा अंग्रेजी भाषामा शिक्षण सिकाइ हुने उत्तर अमेरिकाकै लागी पुरानो विश्व विद्यालयको रूपमा लिँदा रहेछन् । जबकि नेपालमा त्रिभुवन विश्व विद्यालय स्थापना भएकै बल्ल ६४ वर्ष भएको छ । त्यस समयमा नै विश्व विद्यालय स्थापना भएकोले पनि हाम्रो जस्तो देश शिक्षाको क्षेत्रमा संस्थागत रूपमा झण्डै ६०० वर्ष भन्दा पनि पछाडि रहेछौँ भन्ने आभाष हुन्छ ।

यहाँ कृषि , खानी, ऊर्जा वातावरण सम्बन्धी खोज र अनुसन्धान पनि गरिँदो रहेछ । हाम्रो बासस्थान नजिकै पनि आलु अनुसन्धान केन्द्र रहेको थियो । जहाँ बस्ती छ, त्यसको नजिकै खेल मैदान अनिवार्य रूपमा निर्माण गरिँदो रहेछ । स्वास्थ्य, शिक्षा र सुरक्षाको प्रत्याभूति राज्यले दिएको रहेछ । यहाँ अर्को सेन्ट थोमस विश्व विद्यालय पनि रहेछ । 

सहरका नियम :  राज्यले दिएको निर्देशन भन्दा बाहिर आफू खुसी घर बनाउन, जहाँ मन लाग्यो त्यही पसल राख्न नपाइने रहेछ । राज्यको नियम कानुनलाई सबैले पालना गर्दा रहेछन् । कसैले पनि घर बनाउँदा घर अगाडि अनिवार्य रूपमा रुख रोप्नै पर्दो रहेछ । घरको आँगनमा अनिवार्य रूपमा घाँस छर्ने र घाँस बढ्यो भने आफैले काट्नु पर्ने रहेछ अन्यथा सरकारले काट्नु परेमा त्यसको बिल भुक्तानी सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्दो रहेछ । 

कसैले पनि घरमा दाउरा बालेर आगो ताप्न नपाइने यदि ताप्नु परेमा मापदण्ड बमोजिम लाइसेन्स लिएर मात्र आगो बाल्न पाइने रहेछ । घरमा फोहर फाल्ने भाँडाहरू आफै व्यवस्थापन गर्नु पर्ने र त्यस्ता भाँडाहरूमा कुहिने र नकुहिने फोहरको व्यवस्थापन गर्नु पर्ने रहेछ । हामी बस्ने एरियामा हप्ताको एक पटक फोहर लिन आउँदो रहेछ, सो समयमा आफ्नो घरमा जम्मा भएको फोहरको भाँडो घर अगाडि बाटोको छेउमा राखी दिनु पर्ने र फोहर सङ्कलकले फोहर खन्याइ भाँडो त्यही राखिदिने गर्दो रहेछ ।

घरमा आउने पानीको बील पनि प्रयोग गरेर ड्रेनेजमा जानु भन्दा अगाडि कति प्रयोग गर्‍यो, त्यसैका आधारमा गर्दो रहेछ । अर्थात् बगेर जाने पानीको परिणाम बमोजिम बिलिङ गर्दो रहेछ । मान्छेले प्रयोग गरेको पानी नै बगेर जाने हो भन्ने मान्यता राख्दो रहेछ । सबै घरको अगाडि बाटो पुगेको छ भने सबै बाटो पीच पनि छ । घरहरूको आकार प्रकार सबै काठैले बनेका छन्, त्यसैले पनि आगो सबैले सतर्कताका साथ प्रयोग गर्दा रहेछन् । कसैले पनि चुरोट खाएर चुरोटको ठुटाहरू फाल्न नपाइने आगो सहित त्यसरी फालेको भेटेमा सजायको भागीदार हुन पर्दो रहेछ । 

घरमा एक भन्दा बढी किचन राख्नु परेमा राज्यको स्वीकृति लिनु पर्ने अन्यथा घरमा बस्ने सबैको किचन एउटै हुँदो रहेछ । बाहिर फोहर फाल्ने कुरा त्यहाँ बसोबास गर्नेहरूको कल्पना भन्दा बाहिरको कुरा हो । सपिङ कम्प्लेक्स, चिया कफी खाने ठाउँ, ग्यास स्टेसन आदि ठाउँहरूमा शौचालय निर्माण गरिएका रहेछन् र त्यस्ता शौचालयहरू निःशुल्क रूपमा प्रयोग गर्न पाइने रहेछ । सायद, यी नियमहरू एउटा सहरको मात्र नभएर क्यानडाभरि नै रहेको पाइयो । 

आफ्नो कारणले छिमेकीलाई कुनै प्रकारको अफ्ठेरो नपरोस् भन्ने कुरामा सबै सचेत रहेछन् । सबैले सबैको धर्मलाई सम्मान गर्दा रहेछन् । कसैको घर पनि तार बार लगाएको देखिँदैन, तर सबै घर सुरक्षित नै देखिन्छन् । अरूको निजी सम्पत्तिमा जबरजस्ती प्रवेश गर्न निषेध छ, यदि कसैले जबरजस्ती प्रवेश गरेमा १०,००० डलर सम्म जरिवाना हुन सक्ने प्रावधान रहेछ । 

समग्रमा हेर्दा क्यानडा आफैमा आप्रवासीहरूकै मुलुक रहेछ । आदिवासी मूलका मानिसहरूको नीति निर्माण तहमा खासै भूमिका रहेको देखिएन । आदिबासीहरुलाई भत्ता सुविधा दिएको छ, उनीहरू त्यसैमा रमाएका छन्, त्यसैले पनि निर्णय प्रक्रियामा खासै सामेल नभएका होलान्  ।

क्रमशः

सम्बन्धित समाचार : काठमाडौँदेखि फ्रेडरिक्टनसम्म  

प्रतिक्रिया दिनुहोस