साप्ताहिकरुपमा नतिजा सहितको विवरण बुझाउन कर्मचारीलाई निर्देशन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

साप्ताहिकरुपमा नतिजा सहितको विवरण बुझाउन कर्मचारीलाई निर्देशन 


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको सामु आफू र आफ्नो पद केही नभएको बताएका छन् । 

काम गर्न अप्ठ्यारो भयो भनेर देशलाई अनिर्णयको बन्दि बनाउन नहुने उनको भनाई छ ।  

शुक्रबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मातहतका कर्मचारीलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।

मन्त्री किराँतीले भने, ‘कुनै पनि काम गर्न सजिलो छैन तर हामी जुन भूमिकामा छौ त्यो पद भन्दा माथि देश छ देशभन्दा ठूलो अरु केही हुन सक्दैन । देशलाई प्रथामिकतामा राखेर जोखिम उठाउन हिम्मत सबैले गर्ने हो भने अवश्य देशले मुहार फेर्छ । हामीले काम नगर्दा देश डुब्छ काम गर्दा जीवन डुब्न सक्छ तर हामी पदमा बसिन्जेल काम गर्नै पर्छ । हामीसँग जनताले नतिजा चाहेका छन् । मेरो तपाईंहरुलाई निर्देशन भयो एक्सन प्लानका आधारमा मलाई तपाँईहरुले काम गर्नुहोला मलाई साप्ताहिकरुपमा नतिजा सहितको विवरण चाहिन्छ । परिणाम बाहेक केही सम्झौता हुन सक्तैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस