सांसदलाई निर्वाचन क्षेत्र जान महिनामा पाँच दिन समय छुट्ट्याउने निर्णय  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सांसदलाई निर्वाचन क्षेत्र जान महिनामा पाँच दिन समय छुट्ट्याउने निर्णय 


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा संलग्न हुनका लागि महिनामा पाँच दिन सम्म समय दिने निर्णय भएको छ । 

शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरूको बैठकले सो निर्णय लिएको हो ।

बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय क्यालेन्डर प्रस्तुत गरेका थिए । प्रस्तावित क्यालेन्डरमा नियमित रूपमा संसद्का गतिविधि रहने उल्लेख थियो । सातामा तीन दिन सभाको बैठक चलाउने र तीन दिन संसदीय विषयगत समिति चलाउने प्रस्ताव छ ।

यसो गर्दा सांसदहरु निर्वाचन क्षेत्रको गतिविधिसँग जोडिन नपाउने भनी प्रमुख सचेतक र सचेतकहरूले समय छुट्याउनुपर्ने प्रस्ताव गरेका थिए । 

यसअघि सांसदहरुले संसद चलिरहँदा निर्वाचन क्षेत्रमा हुने गतिविधिमा संलग्न हुन नपाएको गुनासो गर्ने गरेका थिए । त्यसलाई समेत सम्बोधन गरेर संसदीय क्यालेन्डर बनाउन लागिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस