निगम सुधार प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई मन्त्रीको प्रश्न « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निगम सुधार प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई मन्त्रीको प्रश्न


१७ माघ २०८०, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि बनाइएका समितिको प्रतिवेदन कार्यान्वयन किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

बुधबार निगम ‘संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ को प्रतिवेदन कार्यान्वयन गर्न बनेको समितिको प्रतिवेदन बुझ्दै मन्त्री किराँतीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले विगतमा बनेको समितिले तयार गरेको प्रतिवेदन किन कार्यान्वयन भएन ? प्रतिवेदन कार्यान्वयन भए कुन चरणमा पुगेको छ ? भन्दै प्रश्न गरेका छन् ।

साथै, उनले त्यसको कार्य प्रगति विवरण बुझाउन समेत निर्देशन दिए । उनले न्यारोबडी जहाजको सिट भाँचिएको दुई सातासम्म समेत किन मर्मत नभएको भन्दै प्रश्न गरेका हुन् ।

जवाफमा कार्यकारी अध्यक्ष अधिकारीले हरेक प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको र सबैको यथार्थ विवरण पेस गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, जहाजको सिट बनाउन कानुनी प्रक्रिया पूरा गर्दा समय लागेको र यसका केही दिनमै मर्मत हुने जवाफ दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस