चिकित्सक उत्पादन गर्न विश्वविद्यालय स्थापना गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिकित्सक उत्पादन गर्न विश्वविद्यालय स्थापना गरिने


१६ माघ २०८०, मंगलबार


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक उत्पादनका लागि विश्वविद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको बताएका छन् । 

आज हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा अभियानमा आबद्ध गराउन सरकारले सञ्चार रजिस्टारमार्फत नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । पत्रकार महासंघ पनि उक्त अभियानलाई गतिशील बनाउनतर्फ लाग्नुपर्ने उनले बताए।

प्रदेशका सबै जिल्लामा कृषि उत्पादनलाई प्राथमिकता दिएर किसानलाई बढीभन्दा बढी सहभागी गराउन प्रदेश सरकारले कार्यक्रम अघि बढाएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा आर्थिक समृद्धि तथा पूर्वाधार निर्माणमा जोड दिन प्रदेश सरकारले नयाँ नीति तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राख्न आग्रह गर्दै उनले राष्ट्रियता र प्रजातन्त्रको संवर्द्धनका लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस