मन्त्री साउँदविरुद्धको उजुरी फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री साउँदविरुद्धको उजुरी फिर्ता


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउँदविरुद्ध परेको उजुरी फिर्ता भएको छ ।

बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा सोमबार उजुरी दिएका थिए । तर, आज आफूहरूबीच मिलापत्र भएको भन्दै बोहराले उक्त उजुरी फिर्ता लिएको कैलाली प्रहरीले जनाएको छ ।

बोहराले मन्त्रीसँग संवाद गरेको र कुरा मिलिसकेको बताउँदै उजुरी फिर्ता लिन आएका बताइएको छ । प्रहरीलाई बोहराले आफूहरूबीच लामो समयदेखि चिनजान रहेको र आवेगमा आएर उजुरी दिएको भन्दै उक्त उजुरीमाथि थप कारबाही नगर्न भनेको प्रहरी स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस