त्रिवि उपकुलपतिमा भुसालको जिम्मेवारी तीन महिनाका लागि थप « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

त्रिवि उपकुलपतिमा भुसालको जिम्मेवारी तीन महिनाका लागि थप


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाललाई नै जिम्मेवारी तोकेको छ।

कात्तिक १६ मा तत्कालीन त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि सकिएपछि सरकारले त्रिविका रेक्टर भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो। तीन महिनाका लागि दिइएको उक्त जिम्मेवारी मंगलबार नै सकिएको छ।

नयाँ उपकुलपति नियुक्तिका लागि सरकारले आह्वान गरेबमोजिम ४३ जनाले आवेदन दिएका छन्। उपकुलपति छनोट गर्न बनेको समितिले आवेदकहरूको मूल्यांकन सुरु गरेको गरी सकेको छ ।

सम्बन्धित समाचार : त्रिवि उपकुलपतिका लागि आवेदकको मूल्यांकन सुरु

Tags :
प्रतिक्रिया दिनुहोस