स्थायी राजधानीको विकास गर्न आवश्यक बजेट जुटाइदिन केन्द्र सरकारसँग लुम्बिनीको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थायी राजधानीको विकास गर्न आवश्यक बजेट जुटाइदिन केन्द्र सरकारसँग लुम्बिनीको आग्रह


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीको विकासका लागि आवश्यक पर्ने बजेट दातृ निकाय वा अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत जुटाइदिन केन्द्र सरकारलाई आग्रह गरेको छ ।

राजधानीको विकासका लागि एक खर्ब आवश्यक पर्ने पूर्वानुमान गरेको प्रदेश सरकारले पहिलो चरणमा २५ अर्ब जुटाइदिन केन्द्र सरकारलाई आग्रह गरेको हो ।

बजेट स्रोतको व्यवस्थापन गर्न भन्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, शहरी विकास मन्त्री कृष्णा केसी, प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवि पोखरेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलसहितको टोली काठमाडौं आएको छ । सो टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारस्थित निवासमा भेटेर प्रदेश राजधानीको विकास योजनाबारे ब्रिफिङ गरेको थियो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको राजधानी विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश राजधानीको विकासका लागि २० वर्षे गुरुयोजना बनाएर काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस