काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । राष्ट्रिय सभाको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको बैठक राखेका हुन् ।
बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् । कोशीमा गठबन्धनभित्रबाट भोट क्रस हुँदा माओवादीको उम्मेदवारलाई हराएर एमालेले जीत निकालेको थियो ।
काँग्रेसबाट एमालेलाई भोट गएको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्टि पोखिसकेका छन् ।