बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरू भारत जाने


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरूको जम्बो टोली भारतको हिमांचल राज्य जाने भएका छन् ।

टोलीमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू, १० जना पशु चिकित्सक र ५ जना वनका रेन्जर रहनेछन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका अनुसार १८/१९ जना सांसदहरु उक्त भ्रमण टोलीमा रहने बताइएको छ।

समिति सभापति डा.आरजु राणाको पहलमा भारतीय पक्षले नै आमन्त्रण गरेको र त्यस आधारमा भ्रमण हुन लागेको हो । तर, भ्रमणको मिति तय भएको छैन । समिति सचिवालयका अनुसार भारतीय पक्षबाटै भ्रमणको मिति तय गर्ने र पठाउने भन्ने भएको छ ।

यसअघि समितिको बैठकमा बाँदर नियन्त्रणको विषयमा सांसदहरुले आवाज उठाएका थिए । बाँदरका कारण किसानका बाली नष्ट भएको भन्दै नियन्त्रणका लागि राज्यले पहलकदमी लिनुपर्ने उनीहरूको माग थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस