प्रधानमन्त्री कप : लुम्बिनीलाई कोशीले दियो १७३ रनको मध्यम लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप : लुम्बिनीलाई कोशीले दियो १७३ रनको मध्यम लक्ष्य


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १७३ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४.४ ओभरमा १७२ रनमा अल आउट भयो ।

कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले ६५ बलमा ९ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । सौजन घिमिरे ६९ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए ।

मिनाश थापा ३४ बलमा ५ चौकासहित २५, समीर कार्की शून्य, आशिष भट्टराई १०, सोनु अन्सारी १७, फिर्दोस अन्सारी ४, भुपाल लुइटेंल ५ र कमल खत्री शून्य आउट भए ।

लुम्बिनीका नर सार्कीले १० ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ४ विकेट लिए । अभिषेक गौतमले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए ।

वीर मगरले ७।४ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्कीले १ विकेट लिए । कोशी ८ खेलमा सबै खेलमा हारका साथ पुछारमा छ । लुम्बिनी ७ खेलमा २ अंकका साथ नवौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस