कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

सोमबार राति प्यालेस्टाइनविरुद्ध २-१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

कतार १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ओडे दब्बाघले ३७ औं मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा कतारले बराबरी गरेको थियो । कतारका हसन अल हाइड्सले गोल गर्दै घरेलु टोलीलाई १-१ को बराबरीमा ल्याएका थिए । 

प्यालेस्टाइनका मोहम्मद सालेहले एल्मोएज अलीलाई फल गरेपछि कतारले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै अकरम अफीफले ४९ औं मिनेटमा गोल गरेपछि कतारले २-१ गोलको अग्रता बनाएको थियो । 

त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा अन्ततः कतार नै २-१ गोलको जितका साथ अन्तिम ८ मा पुग्न सफल भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस