एनसेल प्रकरणमा उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन​ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एनसेल प्रकरणमा उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन​


१५ माघ २०८०, सोमबार


काठमाडौँ । एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।

करिब डेढ महिनाभन्दा अनुसन्धानपछि तयार भएको प्रतिवेदन समितिका संयोजक टंकमणि शर्माले सोमवार साँझ प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।​

मलेसियन कम्पनी आजियाटाले सरकारलाई जानकारी नदिई एनसेलको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको आरोपपछि सरकारले छानबिन समिति बनाएको थियो ।

सरकारले गठन गरेको छानबिन समितिमा शर्मा सहित सदस्यमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस