नेप्से सूचक १० अंकले बढ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेप्से सूचक १० अंकले बढ्यो


१५ माघ २०८०, सोमबार


शेयर बजार

काठमाडौँ । आजपनि नेप्से सूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन १०.३७ अंकले बढ्दै नेप्से सूचक २ हजार ९४.४६ अंकमा पुगेकोमा सोमबार थप १०.२६ अंकले बढ्दै २ हजार १०४.७२ अंकमा उक्लिएको हो । 

उसो त आज कारोबारमा समेत केही बढोन्नती आउँदै ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । अघिल्लो दिन नेप्से सूचक १०.३७ अंकले बढ्दा जम्मा ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । आज पनि बैंकि समूह ऋणात्मक हुन पुगेको छ । यस्तै माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह ऋणात्मक हुँदा बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । 

सबैभन्दा बढी आज अन्य समूहको उपसुचक १.६४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । अरु बाँकी समूहको उपसूचक १ प्रतिशतले कमले बढेका छन् । बैंकिङ, फाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक भने आज क्रमशः ०.०६ प्रतिशतले, ०.०५ प्रतिशतले र ०.११ प्रतिशतले घट्न पुगेका छन् । 

आज सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्योरेन्सको ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैया बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । यसपछि दोस्रोमा न्यादी ग्रुप पावर कम्पनीको २३ करोड ८३ लाख ५६ हजार ७१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस