सुरु भयो माउन्टेन फ्लाइटबाट कैलाश मानरोवरको दर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुरु भयो माउन्टेन फ्लाइटबाट कैलाश मानरोवरको दर्शन


१५ माघ २०८०, सोमबार


काठमाडौँ । माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु भएको छ ।

भारतीय पर्यटक कम्पनी दूर दि टेम्पलले नेपालको पथहिल ट्राभल्ससँग सहकार्य गरेर नेपालगञ्जबाट कैलाश मान सरोवरका लागि माउन्टेन फ्लाइट मार्फत दुरदर्शन सुरु गरेको हो ।

भारतको दिल्ली मुम्बई गुजरात उत्तर प्रदेश लगायत विभिन्न क्षेत्रबाट नेपालगञ्ज आइपुगेका ३८ जना भारतीय पर्यटकहरूको समूहले श्री एयरको चार्टर विमानमार्फत करिब २७ हजार फिटको उचाइबाट कैलाश मानसरोवरको दुरदर्शन गरेका हुन ।

श्री एयरका वरिष्ठ क्याप्टेन प्रफुल्ल वैद्यलगायतको उडान टिमले पहिलो पटक नेपालगञ्जबाट कैलाश मानसरोवरका लागि भरेको माउन्टेन फ्लाइटको अनुगमनका लागि नेपाल नागरिक उड्न प्राधिकरण नेपालञ्ज कार्यालयका प्रमुख सुरेश खनाल सहितको नागरिक उड्डयन प्राधिकरणको टिम पनि सहभागी थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस