इरानले गर्‍यो तीन उपग्रहको अन्तरिक्षमा सफल परीक्षण, पश्चिमी देशहरू सशंकित  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इरानले गर्‍यो तीन उपग्रहको अन्तरिक्षमा सफल परीक्षण, पश्चिमी देशहरू सशंकित 


१५ माघ २०८०, सोमबार


काठमाडौँ । इरानले आइतबार तीन वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । तर, पश्चिमी देशहरूले इरानको उक्त कार्यको  आलोचना गरेका छन् । 

पश्चिमी देशहरूले त्यसले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई अझ बढाउने भन्दै आशंका गरेका छन् । इरानको सिमोर्ग रकेटको सफल परीक्षण भएको जनाइएको छ । इरानले गरेको यो प्रक्षेपण गाजा पट्टीमा इजरायलले हमासविरुद्ध जारी युद्धका कारण पश्चिम एसियामा तनाव बढेको बेला गरेकाले अन्तर्राष्ट्रिय समुदायले पनि चासो देखाएका छन् ।

इरानको सरकारी टेलिभिजनले जारी गरेको फुटेजमा राति सिमोर्ग रकेट प्रक्षेपण गरिएको देखाइएको छ ।  

सरकारी टेलिभिजनले प्रक्षेपण गरिएका भूउपग्रहहरूलाई महदा, केहान-२ र हत्फ-१ नाम दिएको छ । महदा एक अनुसन्धान उपग्रह हो, जबकि कायहान र हत्फ क्रमशः ग्लोबल पोजिसनिङ र सञ्चारमा केन्द्रित नानो उपग्रह हुन् । 

अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले आणविक हतियार पुर्‍याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो । इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघले लगाएको प्रतिबन्ध गत अक्टोबरमा सकिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस