एएफसी एसिया कप : अस्ट्रेलिया क्वाटरफाइनलमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एएफसी एसिया कप : अस्ट्रेलिया क्वाटरफाइनलमा


१५ माघ २०८०, सोमबार


काठमाडौँ । एएफसी एसिया कप फुटबलमा अस्ट्रेलिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा इन्डोनेशियालाई ४-० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले साउदी अरेविया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ । अस्ट्रेलियाले अग्रता भने आत्मघाती गोलबाट लिएको हो । इन्डोनेशियाका एल्कन बागोटले आफ्नै पोस्टमा गोल गरेपछि अस्ट्रेलियाले १२ औं मिनेटमा अग्रता लियो ।

४५ औं मिनटमा मार्टिन बोएलले गोल गर्दै पहिलो हाफमा अस्ट्रेलियालाई २-० को अग्रता दिलाए । ८९ औं मिनेटमा क्रेग गुडवीनले गोल गर्दै ३-० ले अघि बढाएका थिए भने दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा हेरी साउटरले गोल गरेपछि अस्ट्रेलिया ४-० को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

Tags :
प्रतिक्रिया दिनुहोस