अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका ५ जनामध्ये ४ जेल चलान गर्न आदेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका ५ जनामध्ये ४ जेल चलान गर्न आदेश


१४ माघ २०८०, आइतबार


काठमाडौँ । अवैध क्रिप्टो करेन्सी प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतबार चार जनालाई जेल चलान गर्न आदेश दिएको हो । 

अदालतले झनिन्द्र प्रसाद खतिवडा बाहेक प्रतिवादीहरू रूपेश श्रेष्ठ, आशिष् अग्रवाल, मीन बहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश छ । 

रुपेश श्रेष्ठ, आशिष अग्रवाल लगायतका पाँच व्यक्तिले कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ मार्फत अदालतमा मुद्दा दायर गरेको थियो । 

रुपेश श्रेष्ठ, आशिष अग्रवालसहितका ५ जना व्यक्तिहरूले करिब ३ खर्ब रुपैयाँको क्रिप्टोकरेन्सी, अनलाइन बेटिङ र हुण्डीको कारोबार गरेको पाइएपछि सीआइबीले उनीहरूमाथि अनुसन्धान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस