डोटी । डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जना मानिसहरूलाई टोकेको छ । बहुलाहा कुकुरले आइतबार एकै दिन दिपायल सिलगढी नगरपालिका वडा नम्बर चार, पाँच र छका दश जना मानिसहरूलाई टोकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए ।
उक्त कुकुरलाई स्थानीय नागरिक, नेपाल प्रहरी, भेटेरिनरी अस्पताल र स्थानीयको संयुक्त प्रयासबाट नियन्त्रणमा लिई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीमा पठाइएको प्रहरीले जनाएको छ ।
बहुलाहा कुकुरले टोकेका सबै जनाले रेबिजको सुई लगाई सामान्य अवस्थामा घर फर्किएका समेत प्रहरीले जनाएको छ ।