घुससहित रंगेहात पक्राउ परेका असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घुससहित रंगेहात पक्राउ परेका असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा 


१४ माघ २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर ८ हजार घुस/रिसवतसहित पक्राउ परेका असई गजेन्द्रसिंह भण्डारी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको हो । 

बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनेर घुसररिसवत लिएको अभियोग छ । 

आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले असई भण्डारीलाई सेवाग्राहीबाट ८ हजार लिएको अवस्थामा गत पुस २५ गते रंगेहात पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नरहरि आचार्यका अनुसार भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस