त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिभुवन विमानस्थल भन्सारमा निःशुल्क इन्टरनेट चलाउन पाइने


१४ माघ २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा यात्रुले निःशुल्क इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाउने भएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता भएको छ ।

सम्झौता अनुसार भन्सार चेकजाँचपछि जुनसुकै यात्रुले आफ्नो पहिचान खुलाई निःशुल्क इन्टरनेट सेवा साथै फोन सेवा उपयोग गर्न सक्नेछन् । यसबाट नेपालको सिम कार्ड नभएका तथा फोन नभएका यात्रु, पर्यटक तथा सम्पूर्ण सेवाग्राही लाभान्वित हुने छन् ।

त्रिभुवन विमानस्थल कार्यालयले अब यात्रुले आफ्नो पहिचान खुलाएपछि इन्टरनेट सेवा र फोन सेवा उपभोग गर्ने सक्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस