सिंहदरवारमा उच्चस्तरीय छलफल हुँदै : ‘प्रचण्ड’ले डाके दलका प्रतिनिधिदेखि विज्ञसम्म « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिंहदरवारमा उच्चस्तरीय छलफल हुँदै : ‘प्रचण्ड’ले डाके दलका प्रतिनिधिदेखि विज्ञसम्म


१४ माघ २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहले बुझाएको कार्यविस्तृतिकरण प्रतिवेदनको परिमार्जनका लागि उच्चस्तरीय छलफल डोकेका छन् । छलफलका लागि उनले आइतवार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दलका प्रतिनिधिदेखि विज्ञसम्मलाई बोलाएका हुन् ।  

उक्त छलफलमा मन्त्रीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, राष्ट्रियसभा र प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरू र विषय विज्ञहरू उपस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि स्थानीय तहले कार्य विस्तृतीकरण परिमार्जनसम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस