२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माण हुँदै

अ+ अ-

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका-६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो । तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गरेको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ । 

मुक्तिनाथ पिठाधीश कमलनयनाचार्यको परिकल्पनामा पञ्चकोटमा मठमन्दिर निर्माण भएका हुन् भने एक सय ३५ फिट अग्लो कलश निर्माणाधीन अवस्थामा छ । पञ्चकोट धामका अध्यक्ष दामोदर शास्त्री दाहालले सबै संरचना रु दुई अर्बको योजना रहेको जनाउँदै कलश निर्माणमा मात्रै रु चार करोड लाग्ने बताए । कलशको हालसम्म पाँच प्रतिशत मात्रै काम सकिएको उनको भनाइ छ । हाल एक तलाको काम सम्पन्न भएको जनाउँदै कलश १२ तले हुने अध्यक्ष दाहालले बताए । 

पञ्चकोटमा धार्मिक संरचना निर्माण गर्दा अहिलेसम्म करिब रु ५५ करोड खर्च भएको उनको भनाइ छ । यहाँ पाँच हजार पाँच सय ५५ किलोको घण्टीसमेत राख्ने तयारी छ । संरचना निर्माणका लागि हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलन गरिँदै आएको छ भने केही संरचनामा बागलुङ नगरपालिका, गण्डकी प्रदेश सरकार र पर्यटन मन्त्रालयको पनि लगानी रहेको अध्यक्ष दाहालले बताए । कलशको बाहिरी स्वरुप कलश जस्तै भए पनि भित्री खण्डमा १६ कोठा बन्ने र ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुने उनी बताउछन् । 

अध्यक्ष दाहालले भने, ‘नौ वर्षदेखि यहाँ लगातार संरचना निर्माण भइरहेका छन्, करोडौँको संरचना बनिसकेका छन्, अझै धेरै बन्ने चरणमा छन्, अहिले कलश निर्माणलाई जोड दिएका छौँ, कलश निर्माणका लागि आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ गर्ने तयारीमा छौँ, यसका लागि राष्ट्रव्यापी कलश यात्रा सुरु भएको छ, यो महान् अभियानमा जोडिन सबैलाई आग्रह गछौँ ।’

पञ्चकोट क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले यस क्षेत्रलाई धार्मिक पर्यटक गन्तव्यका रूपमा विकास गर्न संरचना निर्माणमा जुटेको बताए । विश्वका धार्मिक पर्यटकलाई एकपटक पञ्चकोटको दर्शन गराउने उद्देश्यले करिब एक दशकदेखि निरन्तर काम गरिरहेको उनको भनाइ छ । हालसम्म दाता तथा प्रदेश र केन्द्र सरकारको सहयोगमा पञ्चकोटमा विभिन्न संरचना निर्माण भएको प्रपन्नाचार्य बताउछन् ।

प्रतिक्रिया दिनुहोस