७५औँ गणतन्त्र दिवसका दिन भारतीय दूतावासमा विशेष कार्यक्रम आयोजना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

७५औँ गणतन्त्र दिवसका दिन भारतीय दूतावासमा विशेष कार्यक्रम आयोजना


१२ माघ २०८०, शुक्रबार


काठमाडौं । भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावास काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे । उनले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड सात लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरेका छन् ।

त्यस्तै उनले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरूका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू-२०२४ पत्रिकाको लोकार्पण गरे ।

सो अवसरमा दूतावासले ३० वटा संस्थालाई १९ लाख बराबरको पुस्तक उपहारस्वरूप वितरण गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस