लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ : अर्थमन्त्री महत   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लक्ष्यअनुसार राजश्व उठ्न नसकेकाले सरकार दबाबमा छ : अर्थमन्त्री महत  


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेको बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरे । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए ।

महतले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर, हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन ।’अर्थमन्त्री महतले सरकारले सोचेअनुसारको राजस्व वृद्धि हुन नसक्नुमा राजश्व संरचनामा आइरहेको डिजिटल परिवर्तनलाई प्रमुख कारण औँल्याएका छन् । 

‘राजश्व संरचनामा परिवर्तन आइरहेको छ । डिजिटल युगमा संसारै अगाडि बढेको छ, हामी पछि पछ्याउँदै छौं । यो डिजिटलाइजेशनको सँगसँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने हामी यो सबैखाले डिजिटलबेस व्यवसाय छ, त्यसलाई क्याप्चर गर्न सक्दैनौँ । त्यसबाट प्राप्त हुने जुन राजश्व छ, त्यो राजश्व हामी लिन सक्दैनौँ । यसमा आन्तरिक राजश्व कार्यालयको अझ ज्यादा अगाडि बढ्नुपर्ने अवस्था छ । धेरै व्यवसाय डिजिटलबेस भएको छ । त्यस्तै भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ’,महतले भने । 

उनले उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने भन्दै आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । 

साथै उनले विद्युतीय सवारीसाधनहरूको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको धारणा राखे । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको भनाइ उनको छ ।

‘हामीले इभी (विद्युतीय सवारी) लाई प्रर्बधन गर्ने उद्देश्यले इन्धनमा चल्ने सवारीरुको तुलनामा अत्यन्त न्यून भन्सार दर राखेका छौं ।त्यसले गर्दा पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको अवस्था छ । परम्परागत हिसाबले जुन हामीले राजस्वको आँकलन गरिराखेका छौं, यता,इभीलाई अपनाउने जुन प्रक्षेपण गरेका थियौं,त्यो भन्दा ज्यादा इभि सवारी खरिदमा आम नागरिकहरू उन्मुख छन् । त्यसकारण राजस्वको लक्ष्य प्राप्त गर्न थप कठिनाई आएको छ’ महतले भने । 

महतले देशैभरी रहेको भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउँदै लैजाने र भन्सार प्रशासनलाई बायस हुनबाट मुक्ति दिलाउन आफूहरू लागेको भन्दै द्रुत गतिमा डिजिटल प्रविधिमैत्री बताए । 

‘देशैभरी भन्सारमा जिम्मेवारी लिएका जो हुनुहुन्छ, जसले कर प्रशासनमा जुन जिम्मेवारी लिनुभएको छ त्यसलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न जरुरी छ । समेसम्म हामी डिजिटाइजेसनमार्फत जो वैयक्तिक इन्टेस्ट राखेर बायस राख्ने कुराहरूमा पनि प्रविधिको प्रयोग गरेर त्यसबाट पनि मुक्ति दिलाउनेतर्फ हामी द्रुत गतिमा अगाडि बढ्छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस