कोशीमा काँग्रेससँगको सहकार्य भङ्ग गर्ने माओवादीको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशीमा काँग्रेससँगको सहकार्य भङ्ग गर्ने माओवादीको चेतावनी


११ माघ २०८०, बिहिबार


काठमाडौँ । माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले काँग्रेसले धोका दिएको भन्दै कोशीमा काँग्रेससँगको सहकार्य भङ्ग हुने बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कोशी प्रदेशमा काँग्रेससँगको सहकार्य भङ्ग हुने बताएका हुन् ।

उनले काँग्रेसले गठबन्धनका नाममा माओवादीलाई पटक-पटक धोका दिएको बताए । उनले गठबन्धन टिकाउने नाममा काँग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाएको बताए ।

कार्कीलाई गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन् । गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्कीले जम्मा चार हजार ९९२ मत पाएकी छन् ।

कोशीमा १६ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर कोइरालालाई मत हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस