२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८४ मा व्यवस्थाका हाइज्याकरहरूलाई हराउने आँट गरे देश बन्छ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरूलाई हराउने आँट गरे देश बन्ने दाबी गरेका छन् । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिबद्धता गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुने उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानून बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिबद्धता गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ । त्यसपछि मिडिया-सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौँ, तलबी सेना अफ बिटमा ननचाऔँ । फेस गरौँ, फेस नलुकाऔँ ।’

उनले स्वाद र सुविधाअनुसार गलत ज्ञान पेलेको पेल्यै नगर्न आग्रह गर्दै देश बन्ने उल्लेख गरेका छन् ।

‘व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरेमात्र पुग्छ । नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८-१० थान मतियार (न्यारेटिभ सेटर) हरूले लामो छुट्टी लिए, सामाजिक सञ्जालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो’ उनले भनेका छन्, ‘अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपपछि मात्रै बन्छ । चुनाव कहिले ?? ८४ मा ।’

प्रतिक्रिया दिनुहोस