रमेशको पाँच विकेटमा १३३ रनमा अल आउट भयो लुम्बिनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रमेशको पाँच विकेटमा १३३ रनमा अल आउट भयो लुम्बिनी


११ माघ २०८०, बिहिबार


काठमाडौँ । युवा स्पिनर रमेश कुर्मीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि घरेलु टोली लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई १३४ रनको मध्यम लक्ष्य दिएको छ ।

सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी ४१ ओभरमा १३३ रनमा अल आउट भयो ।

घरेलु टोली लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफका बायाँ हाते स्पिनर रमेश कुर्मीले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए ।

लुम्बिनीका दिलसाद अलीले ४२ बलमा ५ चौकासहित सर्वाधिक ३९ रन बनाए । ओपनर निर्मल गुरुङले ८८ बलमा ३ चौकासहित ३४ रन जोडे ।

विराट भण्डारी ५१ बलमा ४ चौकासहित २३ रनमा आउट भए । प्रज्वलन थापा ११, मोहम्मद हुसेन ३, कृष्ण कार्की १, सुशान्त थापा २ रनमा आउट भए ।

एपीएफका रमेश बाहेक भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । रोहित पौडेल र श्याम ढकालले १-१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस