नेपाली कराँते टोली जर्मनी प्रस्थान « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाली कराँते टोली जर्मनी प्रस्थान


११ माघ २०८०, बिहिबार


काठमाडौँ । जर्मनीको ड्रेस्डेन खुला कराँते प्रतियोगितामा २०२४ मा सहभागी हुन चार सदस्यीय टोली बिहिबार जर्मनी प्रस्थान गरेको छ । मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले ३६ केजी तौलसमूहको कुमुतेमा प्रतिस्पर्धा गर्नेछिन् । जनवरी २७ तारिख ९शनिबार० हुने प्रतियोगितामा सायाङले स्पर्धा गर्न लागेकी हुन् ।

सायाङको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हो । टिम व्यवस्थापकमा एकेडेमीकी प्रमुख कार्यकारी सुशिला लामा तथा सायाङको प्रशिक्षकमा डिगम्बरप्रसाद पन्त रहेका छन् । नेपाल कराते महासंघका महासचिव तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले टोलीलाई बुधबार नै एक कार्यक्रमकाबिच बिदाई गरेका थिए ।

सोही कार्यक्रममा अध्यक्ष गुरुङ र एकेडेमीकी कार्यकारी प्रमुख लामाले सातौँ दक्षिण एसियाली कराते प्रतियोगिताअन्तर्गत यु २१, ६७ केजी मुनिको तौल समूहमा नेपाललाई रजत पदक दिलाउने च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका अनील बरामलाई सम्मान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस