नारायणहिटीको पर्खाल भत्काउन महानगरको पत्र « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नारायणहिटीको पर्खाल भत्काउन महानगरको पत्र


१० माघ २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ ।

महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो ।

महानगरको मापदण्ड अनुसार १.२ मिटर अग्लो पर्खाल र ०.६ मिटर जाली लगाउन पाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस