सर्वोत्तमको आईपीओ भर्ने म्याद थप « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सर्वोत्तमको आईपीओ भर्ने म्याद थप


१० माघ २०८०, बुधबार


काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने म्याद थप भएको छ । प्रभावित स्थानीयको कोटामा ९ लाख ३० हजार कित्ता सेयर छुट्याइको थियो ।

तर पर्याप्त मात्रामा आवेदन नपरेपछि माघ २५ गतेसम्मका लागि आवेदन भर्ने म्याद थप गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यसअघि माघ १० गतेसम्म समय तोकिएको थियो । वैदेशिक रोजगारमा रहेकाहरूबाट भने पर्याप्त आवेदन परेको छ । प्रभावित स्थानीयका लागि राखिएको ३ वर्षको लकइन अवधि पनि आईपीओ नबिक्नुको मुख्य कारक बन्ने गरेको छ।

बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा कायम भएको छ । न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका वडा नम्बरहरू ३,४,५,६,११ र १३ का स्थानीयले आईपीओमा आवेदन दिन पाउने छन् । त्यस्तै खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्छन् ।

पाल्पा रिब्दिकोट गाउँपालिकाका २,३,४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ गाउँपालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले आईपीओमा आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस