एंगोल र बुर्किना फासो अफ्रिका कपको अन्तिम १६ मा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एंगोल र बुर्किना फासो अफ्रिका कपको अन्तिम १६ मा


१० माघ २०८०, बुधबार


काठमाडौँ । एंगोला र बुर्किना फासोले अफ्रिका कप अफ नेशन्समा समूह डीबाट अन्तिम १६ मा स्थान पक्का गरेका छन् । समूह चरणको अन्तिम खेलमा एंगोलाले बुर्किना फासोलाई २-० गोल अन्तरको जित निकाल्दै अन्तिम १६ मा शीर्ष २ स्थानमा रहेर प्रवेश गर्न सफल भए ।

अर्को खेलमा मौरिटेनियाले अलजेरियालाई १-० ले पराजित गर्दै ३ अंकमात्रै जोडेपछि बुर्किना फासो ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । मौरिटेनियाको पनि उत्कृष्ट तेस्रो हुँदै नकआउट चरणमा पुग्ने सम्भावना बाँकी राखेको छ,तर अन्य समूहको नतिजा भने कुर्नु पर्ने छ ।

मंगलबार राति एंगोलाले बुर्किना फासोविरुद्ध ३६ औं मिनेटमा अग्रता लिएको थियो । क्रिष्टोभा माबुलोले गोल गर्दै अग्रता दिलाएका थिए । एम्बोरसिनी एन्टोनियोलो दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा गोल गर्दै एंगोलालाई २-० को सहज जित दिलाए ।

यही समूहमा रहेको मौरिटेनियाले अल्जेरियालाई १-० ले स्तब्ध बनाएको छ । मौरिटेनियाका लागि मोहम्मद देलाहीले गरेको ३७ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस