जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ : जनमत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनताका काम गर्न नदिएपछि सरकारमा बस्न सकेनौँ : जनमत


९ माघ २०८०, मंगलबार


काठमाडौँ । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष राजीनामा बुझाएका हुन् ।

मंगलवार बसेको जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै आफूहरू बाहिरिएको र सरकारलाई दिएको समर्थ फिर्ता लिएको मन्त्रीहरूले बताएका छन् ।

सरकारले जनमुखी काम नगरेको र आफूहरू मन्त्री भइसकेपछि बिना विभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, मन्त्रालय बारम्बार फुटाउने र आफूहरूको मातहतका मन्त्रालयहरू एकल ढङ्गले चलाउने गरेको उनीहरूको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस