वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन पेश गर्न संसदीय समितिको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

वायुसेवा निगम र विमानस्थल सुधारसम्बन्धी प्रतिवेदन पेश गर्न संसदीय समितिको निर्देशन


९ माघ २०८०, मंगलबार


काठमाडौँ । संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएका अध्ययन प्रतिवेदनहरू यथाशीघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद्, प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले सो निर्देशन दिएको हो ।

निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रतिवेदन पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको हो।

बैठकमा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो। सो छलफलको आधारमा निगम र विमानस्थलहरूको सुधारसम्बन्धी हालसम्मको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेश गर्न सरकारलाई निर्देश गरिएको समितिले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस