काठमाडौँ । बागमती प्रदेशका युवा बलर सूर्य तामाङले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएका छन् । टियुमा जारी खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा क्याच गराउँदै सूर्य एकै प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
सूर्यको यो जारी प्रतियोगिता २१ औँ विकेट हो । उनले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले २०१९ मा एकै संस्करणमा लिएको २० विकेटको कीर्तिमान तोडेका हुन् ।
सूर्यले टियुमा सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग ३/३ विकेट लिएका थिए । मुलपानीमा मधेशसँग ह्याट्रिकसहित ६ र आर्मीसँग ५ विकेट लिएका थिए । त्यसपछि टियुमा कोशीसँग २ र मुलपानीमा कर्णालीसँग १ विकेट लिएका थिए । पिएमकपमा हालसम्म एकै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीहरू यस प्रकार छन् ।







