कर्णालीको समृद्धिका लागि व्यावसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्णालीको समृद्धिका लागि व्यावसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा


९ माघ २०८०, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् ।

‘कर्णालीमा जल जमिन, जङ्गल, जडीबुटी पनि छ । कृषिलाई व्यावसायिकीकरण गर्ने हो भने कर्णालीको समृद्धि सम्भव छ,’ उनले भने, ‘भौगोलिक अवस्था अनुसार कृषि पशुपालन र वनमा आधारित व्यावसायिक कार्यले मात्र रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसबाट आर्थिक विकासमा योगदान पुग्छ ।’

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री शर्माले कृषि र पशुपालनका क्षेत्रमा गरिने व्यावसायिक प्रयोगले जनताको जीवनस्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्त्वपूर्ण रहने बताए । उनले माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले किसानलाई आफ्नो पेशा प्रति निराश हुन नदिने बताए । उनले कर्णाली प्रदेशमा मन्त्रालयले अघि बढाएका कार्यक्रमको नतिजा बिस्तारै देखिँदै गएको समेत दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस