राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल


८ माघ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा तालमेल गरेका छन् ।

दुई पार्टीका नेताहरुबीच सोमबार भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो । छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले बताए । 

उनका अनुसार एमालेका मतदाताले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई तथा राप्रपाका मतदाताले एमालेका उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट दुई सिटका लागि मतदान हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस