झापामा एक महिला मृत फेला, हत्या भएको आशङ्का « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झापामा एक महिला मृत फेला, हत्या भएको आशङ्का


८ माघ २०८०, सोमबार


काठमाडौँ । झापाको अर्जुनधारामा एक जना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा ढुंगा प्रहार गरिएको अनुमान प्रहरीको छ । टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।

महिलाको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान गरेपछि उनको हत्या भएको अनुमान गरिएको हो । घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालयको टोली विशेष तालिमप्राप्त कुकुर प्रयोग गरी खटिएको छ ।

उनको हत्या किन र कसले गरेको हो भन्ने खुलिसकेको छैन । प्रहरीले घटनासँग सम्बन्धित स्थान र आसपासका बासिन्दाहरुसँग सोधपुछ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार इलमको माई नगरपालिका–१ माइती घर भएकी उनी झापाको बिर्तामोडमा बस्दै आएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस