अराजक मान्छेलाई नराख्ने भन्दै जनमतका मन्त्रीलाई हटाइदिने मुख्यमन्त्री यादवको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अराजक मान्छेलाई नराख्ने भन्दै जनमतका मन्त्रीलाई हटाइदिने मुख्यमन्त्री यादवको चेतावनी


८ माघ २०८०, सोमबार


काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको आरोप लगाएका हुन् । प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश सरकारविरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरू राजीनामा नदिई लाज पचाएर बसिरहेको उनको भनाइ थियो ।

जनमतका मन्त्रीहरूले मधेस विश्वविद्यालयका रजिष्टार र भिसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकाको गठबन्धनको हो यो ? भन्दै मुख्यमन्त्रीले प्रश्न गरे ।

‘११ गतेसम्म बाटो नहेरौँ । गठबन्धनलाई बाटो नहेरौँ । तपाईँहरू सब पछि हटाउनु होला म त आजै हटाइदिन्छु । त्यस्ता अराजक मान्छेलाई सरकारमा राख्नु हुँदैन’, मुख्यमन्त्री यादवले भने ।

मधेस सरकारमा जनमत पार्टीबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस