अपराधीहरु अनुसन्धानकर्ताभन्दा धेरै शक्तिशाली हुन्छन् : प्रहरी महानिरीक्षक कुँवर « प्रशासन
Logo ५ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अपराधीहरु अनुसन्धानकर्ताभन्दा धेरै शक्तिशाली हुन्छन् : प्रहरी महानिरीक्षक कुँवर


८ माघ २०८०, सोमबार


काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले फौजदारी अपराधमा पीडितलाई न्याय दिलाउन प्रहरीले संवेदनशील भएर काम गरिरहेको बताएका छन् । उनले अपराधमा संलग्नहरू पीडितभन्दा मात्रै नभएर अनुसन्धानकर्ताभन्दा पनि शक्तिशाली र कानुनको ज्ञाता हुने गरेको बताए ।

अपराध अनुसन्धान विभागले सोमबार काठमाडौंमा गरेको अपराध अनुसन्धानसम्बन्धी समीक्षा गोष्ठीमा प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा प्राथमिक जिम्मेवारी पाएको प्रहरीले आफ्नो दक्षता, क्षमता, श्रोतसाधन र जनशक्तिको आधारमा कानूनी राज्यको प्रत्याभूति गराउन प्रयास गरिरहेको बताए ।

‘अपराधको रोकथाम र अनुसन्धानको प्राथमिक अंगकोरुपमा जिम्मेवारी निर्वाह गर्दै आएको छ । त्यसअनुसार प्रहरीले पीडितलाई न्याय, अपराधीलाई सजाय र मानव अधिकारको सम्मान गर्दै विधिको शासन कायम गर्न निरन्तर काम गर्दै आएको छ,’ उनले भने ।

उनले नेपाल प्रहरीले अनुसन्धानका लागि समयानुकुल प्रविधियुक्त विशिष्टीकृत र दक्ष जनशक्तिको व्यवस्था गर्दै लगेको बताए । ‘यहाँ पीडित र अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली छन्, उनीहरुलाई झन् धेरै कानुनको ज्ञान छ,’ उनले भने, ‘त्यसकारण अनुसन्धानकर्तालाई संरक्षण र वृत्ति विकासका लागि समेत हामीले ध्यान पुर्‍याउनुपर्ने अवस्था रहेको छ ।’

महानिरीक्षक कुँवरले फौजदारी अपराधमा पहिलो अनुसन्धानकर्ता नै प्रहरी भएकाले प्रहरीले कुनै गल्ती कमजोरी नगरीकन काम गर्न सक्नुपर्ने बताए । ‘संविधानको पाना र कानूनका दफामा जति नै शब्दहरु लेखेको भएपनि राज्यले अधिकार सुम्पिएका हामी र हाम्रो कार्यशैलीमा काँचुली नफेरेसम्म नागरिकले न्यायको प्रत्याभूति गर्न पाउँदैनन्, न्याय दिएरमात्रै हुँदैन, पीडितले न्यायको महसुस पनि गर्न पाउनुपर्छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस