बीपीका उपकुलपतिको कार्यालयमा लागेको ताला खुल्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बीपीका उपकुलपतिको कार्यालयमा लागेको ताला खुल्यो


६ माघ २०८०, शनिबार


काठमाडौँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ ।

 उपकुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ताला लगाएका थिए । उच्च अदालत विराटनगरको आदेशपछि उनले शुक्रबार आफ्नो सचिवालयका कर्मचारीलाई खटाएर ताला खोलेका हुन् । 

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले अस्ति बिहीबार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको थियो । 

नगरप्रमुख साम्पाङले माघ १ गते शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ताला लगाएका थिए ।

कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले प्रतिष्ठानका कर्मचारी, शिक्षक र चिकित्सकको बढुवा प्रक्रिया रोकेको भन्दै कर्मचारी आन्दोलित बनेका थिए। अदालतको आदेशपछि  साम्पाङले धराशायी प्रतिष्ठानमा सर्वसाधारणको दुःख सम्बोधन गर्न खोज्दा अदालतले आफूलाई अपराधी करार गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस